काठमाडौं (हाम्रो खेलकुद)- नेपाल थाइल्याण्डमा भएको साफ फुटसल च्याम्पियनसिपमा तेस्रो भएको छ।
आज अन्तिम खेलमा भारतले पाकिस्तानलाई ४-१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएकोपछि नेपाल तेस्रो स्थानमा पुगेको थियो।
भारतसँग समान ११ अंक भएपनि गोलअन्तरमा पछि पर्दै नेपाल तेस्रो भएको हो। यसअघि नेपालले आफ्नो अन्तिम खेलमा भुटानलाई हराएको थियो।

१-० ले पछि परेको खेल उल्टाउँदै नेपालले ४-१ को जित निकालेको हो । यो जितसँगै नेपाल ११ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। १० अंकसहित पाकिस्तान चौथो भयो । १८ अंकसहित माल्दिभ्स च्याम्पियन बनिसकेको छ।
जेत्सुन दोर्जीको गोलमा भुटानले अग्रता लिएको थियो।
विजय श्रेष्ठले २१ मिनेटमा बराबरी गोल गर्दै नेपाललाई खेलमा फर्काए ।
पेमा दोर्जी लामाले २५ र ३१ औं मिनेटमा गोल गर्दै नेपालले खेलमा पकड बलियो बनायो ।सरोज तामाङले ३८ औं मिनेटमा गोल गरेपछि नेपालको जित पक्का भएको हो।

नेपालले ६ मध्ये ३ खेलमा जित २ मा बराबरी र अर्कोमा हार बेहोरेको थियो। श्रीलंकालाई २-१ , च्याम्पियन बंगलादेशलाई ४-१ ले हराएको नेपालले भारतसँग ३-३ र पाकिस्तानसँग ४-४ को बराबरी खेलेको थियो। नेपाल एक मात्र खेलमा च्याम्पियन माल्दिभ्ससँग २-१ ले पराजित भएको थियो।
महिलातर्फ नेपालले चौथो स्थानमा च्याम्पियनसिपको अन्त्य गरेको थियो। तेस्रो स्थानको भुटानसँग १ अंकले पछि रहँदै नेपाल चौथो भएको थियो। ६ खेलमा नेपालले ३ जित, १ बराबरी र २ खेलमा हार बेहोरेको थियो।






