काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिगले पहिलो सिजनमा भाग लिने ६ फ्रेन्चाइज टोली सार्वजनिक गरेको छ।

इन्फिनिटी ड्रिम्स प्रालिले बिहीवार पत्रकार सम्मेलनमार्फत सहभागी टोली र त्यसका प्रर्वद्धक सार्वजनिक गरेको हो ।

इन्फिनिटी ड्रिम्सकी स्नेभी चापागाईंले महिला शसक्तिकरणका लागि महिला लिग महत्वपूर्ण हुने विश्वास लिइएको बताइन्।
महिला भलिबल लिगमा आयोजनाको लागि इन्फिनिटी ड्रिम्स र नेपाल भलिबल संघबीच केही साता सम्झौता भएको थियो।

हरेक टोलीले १४ खेलाडीमा ९ नेपाली र ३ विदेशी राख्न पाउने इन्फिनिटी ड्रिम्सका संस्थापक आमिर अख्तरले जानकारी दिए । नेपाली खेलाडीको ड्राफ्ट सुची केहि दिनमा सार्वजनिक गरिने उनले बताए । लिगको टोलीलाई २ खेलाडी ट्यालेन्ट हन्टबाट पनि खेलाडी छनोट गरिने बताएको छ।

नेपाली खेलाडीलाई ३ श्रेणीमा विभाजन गरिएको र त्यसमा एको १ लाख ५०, बीको १ लाख तथा ५० हजार रुपैयाँ मुल्य निर्धारण गरिएको अख्तरले बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले भविष्यमा खेलाडीले पाउने रकम बढ्दै जाने विश्वास व्यक्त गरेका छन्। पुरुष फ्रेन्चाइज लिगको लागि भलिबल संघले केडिया ग्रुपसँग सम्झौता गरेको थियो।

सहभागी टोलीको नाम र प्रर्बद्धक
टिम काठमाडौं: शरद कृष्ण टिबरेवाला
टिम ललितपुरः अनुज एम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल)
टिम मधेश: रोहित अग्रवाल र विशाल अग्रवाल
टिम गण्डकी: सौरभ केडिया
टिम चितवनः निम्बस होल्डिंग्स
टिम कर्णाली: राजेश बगडिया र प्रतिक अधिकारी






