उपन्यास
उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ ।
संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।यसले सामाजिक संबंधहरू, दर्शन, अनुभव र अन्य मान्छेहरूको जीवनका विवरण प्रदान गर्दछ। उपन्यासहरू साहित्यिक रूपमा पनि प्रस्तुत गरिन्छ जुन साहित्यिक संस्कृतिका एक महत्वपूर्ण भाग हुन्छ।
उपन्यासको स्वरूप
[सम्पादन गर्नुहोस्]- उपन्यासमा सत्य, तथ्य र इतिहासको प्रस्तुति हुन्छ ।[१]
- उपन्यासमा जीवनको प्रक्षेपण हुन्छ ।
- उपन्यासमा समाजको प्रस्तुतीकरण हुन्छ ।
- उपन्यासको आफ्नै समाजशास्त्र हुन्छ ।
- उपन्यास साहित्यिक विधा हो ।
- उपन्यास आख्यान हो ।
- उपन्यास गद्यमा लेखिन्छ ।
उपन्यासको वर्गीकरण
[सम्पादन गर्नुहोस्]उपन्याका तत्त्वहरू
[सम्पादन गर्नुहोस्]उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य
- ↑ नेत्र एटम (२०२२-०९-०५), "समसामयिक नेपाली उपन्यासको शिक्षण प्रक्रिया", Interdisciplinary Research in Education 7 (1): 17–30, आइएसएसएन 2676-1483, डिओआई:10.3126/ire.v7i1.47494।