सामग्रीमा जानुहोस्

गरुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गरुड
शक्ति र सतर्कताको प्रतीक
Image
गरुडले दैत्यहरूलाई पराजित गरी अमृतको रक्षा गर्छन्।
देवनागरीगरुड
आबद्ध
वंशावली
अभिभावकहरूकश्यपविनता
भाइबहिनीहरूअरुण, सुमती[]
जीवनसाथीउन्नति[]
सन्तानहरूसुमुखा (पुत्र)[]

गरुड हिन्दु र बौद्ध धर्मका विभिन्न ग्रन्थमा उल्लिखित एक विशाल आकृतिको पौराणिक चरा वा चराभन्दा ठूलो जीव हो जसलाई एक देवताको रूपमा लिइन्छ। गरुडलाई प्रायः हिन्दु देवता विष्णुको वाहनको रूपमा चित्रित गरिएको हुन्छ भने यो दैवी प्राणीलाई ज्ञानको प्रतीकको रूपमा हिन्दु, बौद्ध र जैन धर्महरूमा उल्लेख गरिएको छ।[][][] उनी ऋषि कश्यप र विनताका छोरा हुन्। उनी सूर्यका रथचालक अरुणका कान्छो भाइ हुन्।

गरुडलाई पुराण र वेद जस्ता अन्य धेरै ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ। गरुडलाई पंक्षीहरूको राजा वा पंक्षी जस्तो आकृति भएको प्राणीको रूपमा वर्णन गरिन्छ। पखेटा आधा खुला भएको एक विशाल पंक्षी वा एक मानवाकृति रूप जसमा पखेटाहरू सहितको एक विशाल मानव हुन्छ भनि प्रायः दुई रूपहरूमा देखाइन्छ। कुनै पनि स्थानमा छिटो भन्दा छिटो यात्रा गर्ने शक्ति भएको, सधैँ सतर्क रहिरहने र हरेक सर्पको शत्रु भनी गरुडलाई प्रायः एक रक्षकको रूपमा चित्रण गरिन्छ।[][]

गरुड भारत, इन्डोनेसियाथाइल्यान्डको राज्य प्रतीकको एक अंश हो। इन्डोनेसिया र थाइल्यान्डको राष्‍ट्रिय चिह्नमा गरुड समावेश छ भने भारतीय सेनाले आफ्नो गार्ड ब्रिगेडमा गरुडको प्रतीक समावेश गरेको छ। भारतीय वायु सेनाले आफ्नो विशेष अभियानको 'गरुड कमान्डो फोर्स' राखेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sumati, Sumatī: 26 definitions", २९ जुन २०१२, मूलबाट २ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ नोभेम्बर २०२२
  2. Daniélou, Alain (डिसेम्बर १९९१), Gods of India: The Classic Work on Hindu Polytheism from the Princeton Bollingen Series (अङ्ग्रेजीमा), Inner Traditions / Bear & Co, पृ: १६१, आइएसबिएन 978-0-89281-354-4, मूलबाट ६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २०२१
  3. "Sumukha: 26 definitions", १२ अप्रिल २००९, मूलबाट ७ सेप्टेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२२
  4. 1 2 Robert E. Buswell Jr.; Donald S. Lopez Jr. (२०१३), The Princeton Dictionary of Buddhism, Princeton University Press, पृ: 314–315, आइएसबिएन 978-1-4008-4805-8
  5. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: १४५, आइएसबिएन 978-0-14-341421-6
  6. Helmuth von Glasenapp (१९९९), Jainism: An Indian Religion of Salvation, Motilal Banarsidass, पृ: ५३२, आइएसबिएन 978-81-208-1376-2, मूलबाट ६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१८
  7. T. A. Gopinatha Rao (१९९३), Elements of Hindu iconography, Motilal Banarsidass, पृ: 285–287, आइएसबिएन 978-81-208-0878-2, मूलबाट ६ जुलाई २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०१८
  8. "Meet the 7 mighty commando forces of India", The Economic Times, १० जुन २०१५, मूलबाट ९ मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]