सामग्रीमा जानुहोस्

यशूको पुनरुत्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Image
यशू ख्रिष्टको पुनरुत्थान (राफेलद्वारा निर्मित, सन् १५०२)

यशू ख्रिष्टको पुनरुत्थान (Biblical Greek: ἀνάστασις τοῦ Ἰησοῦ, रोमनीकृत: anástasis toú Iēsoú) एक इसाई विश्वास हो जसअनुसार क्रूसमा टाँगिएको तेस्रो दिनमा परमेश्वरले यशूलाई मृत्युबाट ब्युँताउँछन्।[] यसले ख्रिष्ट र प्रभुको रूपमा उनको महिमापूर्ण जीवनको सुरुवात वा पुनर्स्थापना गरिएको मानिन्छ।[web १] नयाँ नियमको लेखनअनुसार, यशू मृत्युबाट बिउँतनेहरूमध्ये जेठो थिए, जसले परमेश्वरको राज्यको सुरुवात गरेको थियो।[][web १] उनी आफ्ना चेलाहरूमाझ प्रकट हुन्छन् र प्रेरितहरूलाई पाप क्षमा गर्ने र पश्चात्ताप गर्नेहरूलाई बप्तिस्मा दिने महान् आज्ञा दिएर स्वर्गारोहण हुन्छन्।

प्रेरित पलसुसमाचारका लेखकहरूले वर्णन गरेअनुसार, इसाई परम्पराका लागि शारीरिक पुनरुत्थान भनेको आत्माद्वारा सञ्चालित एक परिवर्तित शरीरको जीवनमा पुनर्स्थापना थियो,[web २] जसकारण ईसाई धर्मको स्थापनाको मार्ग प्रशस्त गरेको भएको थियो। इसाई धर्मशास्त्रमा, यशूको पुनरुत्थान "इसाई विश्वासको केन्द्रीय रहस्य" हो।[] यसले विश्वासको जग प्रदान गर्दछ, जसलाई यशूको जीवन, मृत्यु र उपदेशहरूसँगै पुनरुत्थान दिवसको रूपमा मनाइन्छ।[] इसाईहरूका लागि, यशूको पुनरुत्थान वा उनको द्वितीय आगमनमा सबै मृत इसाईहरू पुनर्जीवित हुनेछन्।[] पुनरुत्थानलाई एक धर्मशास्त्रीय पुष्टिको रूपमा हेरिन्छ, जसले ऐतिहासिक यशू, उनको कष्ट र न्यायोचित ठहरिने प्रक्रियालाई बुझ्नको लागि इतिहाससँग मेल खान्छ।[] धर्मनिरपेक्ष र उदारवादी इसाई विद्वानहरूका अनुसार धार्मिक अनुभवहरूमा [] यशू देखा परेका दर्शनहरू [][][][] र बाइबलका पदहरूको प्रेरित अध्ययनले[१०] यशूको महिमालाई "धर्मशास्त्रको पूर्ति" को रूपमा[११] र उनका अनुयायीहरूको प्रचार कार्यको निरन्तरताको रूपमा विश्वास गर्न बल पुर्‍याउँछ। [१२][][१३] यशूको समाधि प्रक्रिया र खाली चिहानको ऐतिहासिकतामा विद्वानहरूका भिन्नभिन्न मत रहेको छ।[१४] ऐतिहासिक पात्रको रूपमा यशूको अध्ययन गर्ने विद्वानहरू प्रायः यस विषयलाई बेवास्ता गर्छन्, किनकि धेरैले पुनरुत्थानलाई विश्वासको विषय मान्छन्, जुन ऐतिहासिक अध्ययनको दायराभन्दा बाहिर छ।[१५]

यशूको पुनरुत्थानको सम्झनामा मनाइने इस्टर मुख्य इसाई चाड हो जसले परमेश्वरको मुक्तिलाई प्रतिकात्मक बनाउँछ भने यो निस्तार चाडको परम्परासँग जोडिएको छ। पुनरुत्थानलाई इसाई कलामा व्यापक रूपमा चित्रण गरिएको छ र यो टुरिनको कात्रो जस्ता अवशेषहरूसँग जोडिएको छ, जसमा कतिपयले यशूको चमत्कारिक आकृति रहेको विश्वास गर्दछन्। यशूको शरीर चोरी भएको र उनी पुनर्जीवित नभएको भनी यहुदी धर्मले सिकाउँछ। ज्ञानवादले केवल आत्माको पुनरुत्थान हुने विश्वास राख्दछ।[१६] इस्लामले सामान्यतया यशूलाई क्रूसमा नटाँगिएको र यसको सट्टा उनलाई सिधै परमेश्वरकहाँ उठाइएको थियो भन्ने बताउँछ। यसको विपरीत, अहमदिया इस्लाम विश्वास अनुसार,यशू क्रूसको सजायबाट जीवितै बचेर अन्यत्र आफ्नो काम जारी राखेको बताउँछ।

  1. 1 2 उद्दरण त्रुटी: अवैध <ref>चिनो; Holcomb नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Habermas.2005 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  1. TestSee "Why Was Resurrection on 'the Third Day'? Two Insights" for explanations on the phrase "third day". According to Lüdemann & Özen (1996, p. 73) and Pinchas Lapide, "third day" may refer to Hosea 6:1–2 {{{3}}}
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Hurtado_visions नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Novakovic 2014, पृष्ठ 152.
  2. Siniscalchi 2011, पृष्ठ 363.
  3. Dunn 1985, पृष्ठ 53.
  4. Novakovic 2014, पृष्ठ. 153–154.
  5. Bockmuehl, Markus (२०२५), The New Cambridge Companion to Jesus, Cambridge University Press, पृ: 82–83, आइएसबिएन 978-1009232999
  6. Hurtado 2005, पृष्ठ. 72–73.
  7. 1 2 Koester 2000, पृष्ठ. 64–65.
  8. Vermes 2008b, पृष्ठ 141.
  9. Ehrman 2014, पृष्ठ. 98, 101.
  10. Hurtado 2005, पृष्ठ 72, 84.
  11. Hurtado 2005, पृष्ठ 186.
  12. Ehrman 2014, पृष्ठ. 109–110.
  13. Vermes 2008a, पृष्ठ. 151–152.
  14. Ludemann, Gerd (२०१०), The Resurrection Of Christ: A Historical Inquiry (अङ्ग्रेजीमा), Prometheus Books, आइएसबिएन 978-1615925155
  15. Bockmuehl, Markus (२००१), "7. Resurrection", in Bockmuehl, Markus, The Cambridge Companion to Jesus, Cambridge University Press, पृ: १०३, आइएसबिएन 9780521796781
  16. Kurt Rudolph, Gnosis: The Nature & History of Gnosticism, p. 190 (T & T Clark Ltd, 1970, second and expanded edition, 1980; 1998). आइएसबिएन ०५६७०८६४०२