सामग्रीमा जानुहोस्

एडल्फ हिटलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडोल्फ हिटलर
Image
१९३७ मा हिटलर
जर्मनीका फ्युरर
कार्यकाल
२ अगस्ट १९३४  ३० अप्रिल १९४५
पूर्वाधिकारीहिडेनवर्ग
(राष्ट्रपतिको रुपमा)
उतराधिकारीKarl Dönitz
(राष्ट्रपतिको रुपमा)
जर्मनीका चान्सलर
कार्यकाल
३० जनवरी १९३३  ३० अप्रिल १९४५
राष्ट्रपतिपौल भोन हिडेनवर्ग
सहायक
पूर्वाधिकारीKurt von Schleicher
उतराधिकारीJoseph Goebbels
Reichsstatthalter of Prussia
कार्यकाल
३० जनवरी १९३३  ३० जनवरी १९३५
प्रधानमन्त्री
पूर्वाधिकारीOffice created
उतराधिकारीOffice abolished
व्यक्तिगत विवरण
जन्म(१८८९-०४-२०)२० अप्रिल १८८९
मृत्यु३० अप्रिल १९४५(1945-04-30) (उमेर ५६)
बर्लिन, Germany
तरिकाआत्महत्या
राजनीतिक दलNational Socialist German Workers' Party (1921–1945)
अन्य राजनीतिक
संलग्नता
German Workers' Party (1920–1921)
जीवनसाथी(हरू)इभा ब्राउन
(29–30 April 1945)
पेशाराजनीतिज्ञ, सेना , कलाकार, लेखक
Awards
हस्ताक्षरImage
सैन्य सेवा
AllegianceImage German Empire
Branch/serviceImage Reichsheer
Years of service1914–1918
RankGefreiter
Unit16th Bavarian Reserve Regiment
Battles/warsप्रथम विश्वयुद्ध

Deprecated parameter serviceyearsDeprecated parameter otherpartyDeprecated parameter primeminister3Deprecated parameter imagesize

एडल्फ हिटलर (जर्मनेली: [ˈadɔlf ˈhɪtlɐ]; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अस्ट्रियामा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। उनी सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनीका शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

उनी पहिलो विश्वयुद्धका अनुभवी थिए । उनले सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी)को सदस्यता लिए तथा सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले एक "कु" को असफल प्रयास समेत गरेका थिए । सोहि असफल 'कु' को कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदी बिरोधी र कम्युनिष्ठ बिरोधी गतिविधिलाई आफ्नो विशिष्ट व्यक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उद्देश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो ।

शासनकाल

बाल्यकाल

Image
शिशु एडोल्फ हिटलर (अन्दाजी१८८९-९०)

एडल्फ हिटलरको जन्म अष्ट्रियाको बोनमा २० अप्रिल १८८९ मा भएको थियो। उनको प्रारम्भिक शिक्षा लिन्जमा भयो। पिताको मृत्यु पश्चात् १७ वर्षको उमेरमा हिटलर भियना आए।

Image
अष्ट्रियाको लिदिङ को घर, जहाँ हिटलरले आफ्नो प्रारम्भिक किशोर अवस्था विताएका थिए (जुलाई २०१२ मा लिइएको फोटो)

कला विद्यालयमा भर्ना हुन असफल भएपछि उनी पोस्टकार्डमा चित्र बनाएर निर्वाह गर्न थाले। जब प्रथम विश्वयुद्धको सुरुवात भयो, तब उनी सेनामा भर्ती भए र फ्रान्समा कयौं लडाइँमा उनले भाग लिए। १९१८ मा युद्धमा घाइते भएकाले उनी अस्पतालमा रहे। युद्ध जर्मनीको पराजय प्रति उनलाई निकै दु:खी बनायो।

संघर्ष

राजनैतिक जिवन

१९१८ मा हिटलरले नाजी पार्टीको स्थापना गरे। यसको प्रत्येक सदस्यमा देशप्रेमको भावना ओतप्रोत थियो। यश दलले प्रथम विश्व युद्धमा जर्मनीको पराजयको लागि यहुदीलाई दोषी ठहर्यायो।। आर्थिक स्थिति खराब भएकोले जब नाजी पार्टीका नेता हिटलरले आफ्नो ओजस्वी सम्बोधनहरूमा आर्थिक अवस्थालाई सुधृढ गर्ने आश्वासन दिए, कयौं जर्मन यश दलको सदस्य बने।। हिटलरले भूमिसुधार गर्ने, भर्सेलिज सन्धी समाप्त गर्ने र एक विशाल जर्मन साम्राज्य स्थापनाको लक्ष्य जर्मन नागरिकको सामु प्रस्तुत गरे जसबाट जर्मनहरू सुखी हुन्थे। यस प्रकार १९२२ मा नै जर्मनीमा हिटलर एक प्रभावशाली व्यक्ति बने। उनले स्वस्तिकलाई आफ्नो दलको अपने चिह्र बनाए जुन हिन्दू धर्ममा पनि शुभ प्रतीक मानिन्छ। समाचारपत्र को बलमा हिटलरले जनता माझ आफ्नो दलको सिद्धान्तको प्रचारप्रसार गरे। खैरो रङको पोशाक लगाएर सैनिक टुकुडी पनि तयार गरे। १९२३ मा हिटलरले जर्मन सरकार विरुद्ध 'कु'को प्रयत्न गरे। यसमा असफल भएपछि उनलाई कैद गरियो। त्यहीँ उनले मीन केम्फ Mein Kampf (जर्मनेली: [maɪn ˈkampf] ("मेरो संघर्ष") नामक आफ्नो आत्मकथा लेखे। यसमा नाजी दलको सिद्धान्तको बिबेचना गरिएको थियो। उनले लेखेका छन्, " आर्य जाति सबै जातिहरूमा श्रेष्ठ छ र जर्मन आर्य हो। उनीहरूले विश्वको नेतृत्व गर्न पर्छ। यहूदी सधै भरी संस्कृतिमा बाधा सिर्जना गर्दै आइरहेका छन्। जर्मन नागरिकहरूलाई साम्राज्यविस्तारको पूर्ण अधिकार छ। उनीहरू जीवित रहनको लागि फ्रान्सरूससँग लडेर भूमि प्राप्त गर्नु पर्छ।"

१९३० को दशक

१९३०-३२ मा जर्मनीमा जर्मनीमा बेरोजगारी निकै बढ्यो। संसदमा नाजी दलको सदस्य संख्या २३० पुग्यो। १९३२ को चुनावमा हिटलर राष्ट्रपति निर्वाचनमा उम्मेदवार बने तर हिडनबर्ग संग पराजित भए। जर्मनीको आर्थिक अवस्था झनै खराब हुँदै गयो र विजयी देशहरूले जर्मनीलाई सैनिक शक्ति बढाउने अनुमति दिए। १९३३ मा चान्सलर बन्ने बित्तिकै हिटलरले जर्मन संसद् भंग गरे, कम्युनिस्ट पार्टीलाई गैरकानूनी घोषित गरे र राष्ट्रलाई स्वावलम्बी बनाउनको लागि आह्वान गरे। हिटलरले डा॰ जोजेफ गोयबल्सलाई आफ्नो प्रचारमन्त्री नियुक्त गरे। नाजी दलको विरोधी व्यक्तिहरूलाई जेलमा पठाइयो। कार्यकारिणी र कानून बनाउने सम्पुर्ण अधिकार हिटलरले आफ्नो हातमा लिए। १९३४ मा उनले आफूलाई सर्वोच्च न्यायाधीश घोषित गरे। त्यसै साल राष्ट्रपति हिन्डनबर्गको मृत्यु पश्चात् हिटलर राष्ट्रपति/फ्युरर पनि बने। नाजी दलको आतंक जनजीवनको प्रत्येक क्षेत्रमा छायो। १९३३ देखि १९३८ सम्म लाखौं यहुदीहरूको हत्या गरियो। नवयुवकहरूमा राष्ट्रपतिको आदेशको पूर्ण रूपमा पालन गर्ने भावना विकसित गरियो र जर्मन जातिको भाग्य सुधार्न को लागि सबै शक्ति हिटलरले आफ्नो हातमा लिए।

१९३३ मा हिटलरले राष्ट्रसंघको सदस्यता त्यागे र भावी युद्धलाई ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन सुरु गरे। प्राय: सबै जर्मन जातिलाई अनिवार्य सैनिक प्रशिक्षण दिइयो।

दोश्रो विश्व युद्ध

प्रारम्भिक कुटनैतिक सफलता

जापानसंग मित्रता

अष्ट्रिया र चेक्स्लोभाकिया

दोश्रो विश्वयुद्धको सुरुवात

पराजयको मार्ग

पराजय तथा मृत्यु

जब सोभियत सेनाले बर्लिनमाथि आक्रमण गरे , हिटलरले ३० अप्रिल १९४५ मा आत्महत्या गरे ।

१९४५ अप्रिल १५-१६ मा सोभियत संघको सेनाले बर्लिन शहरको पूर्वी हिस्सामा जर्मन सेनामाथि बमबारी गरेपछि बर्लिनमाथि निर्णायक हमला शुरू गर्यो ।

अप्रिल २१मा सोभियत संघको रेड आर्मीद्वारा बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरी वरपरका नगरमाथि कब्जा भयो । अप्रिल २७मा सोभियत र अमेरिकी सेनाको भेट जर्मनीको एल्ब नदीमा पुगेर भयो, र उनीहरूले जर्मन सेनालाई दुई तिर विभाजित पारिदिए।

अप्रिल २९ मा हिटलर र इभा ब्राउनबीच राइख चान्सलेरी मुख्यालयस्थित बंकरभित्र विवाह भयो। अप्रिल ३०मा हिटलर र उनकी नवदुलहीद्वारा आत्महत्या गरे। उनीहरूको शव जलाइयो

जर्मन रेडियोबाट १ मेमा हिटलरको मृत्यु भएको सार्वजनिक घोषणा गरियो।

सन्दर्भ सूची